पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बुधवार बाँडफाँड हुँदै, ५ लाख आवेदकले मात्रै शेयर पाउने

६ मंसिर २०७९, मंगलवार १९:०७

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले कात्तिक २५ गतेदेखि निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलका अनुसार कम्पनीको शेयर बुधबार साँझ ४ बजे बाँडफाँट हुने भएको हो ।

कम्पनीको शेयरमा १२ लाख ६८ हजार २१७ जना आवेदकबाट एक अर्ब ४९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ९९ हजार २५० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ५१ लाख ५७ हजार ८८० कित्ताको २।९३ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार शेयर वितरण गर्दा कुल आवेदक मध्ये ४०।६६ प्रतिशत अर्थात ५ लाख १५ हजार ७८० जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई र सर्वसाधारणलाई गरी ८० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*