वम्पर लाभांश गरेको रिडी पावरको शेयर कारोबार रोक्का, नेप्से सोध्यो सपष्टीकरण
७ मंसिर २०७९, बुधबार ११:५४

काठमाडौं । रिडी पावरले बजार चलिरहेकै समयमा बोर्ड बैठक राखेर लाभांश घोषणा गरेपछि कम्पनीको शेयर कारोबार रोक्का भएको छ। नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का राखि सपष्टीकरण सोधेको छ।
कम्पनीले मंगलबार बिहान ११ बजे बोर्ड बैठक राखेर ४० प्रतिशत बोनस शेयर र २।१० नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो भने सो को सुचना बेलुका मात्रै दिएको थियो। सोहि कारण नेप्सेले आज बुधबार कम्पनीको शेयर कारोबार रोक्का गरेको हो।













