अब बीमा कम्पनीहरुको एक प्रतिशतभन्दा धेरै शेयर खरिद गर्न प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने

काठमाडौं । । अब बीमा कम्पनीहरुले एक प्रतिशत भन्दा बढीको संस्थापक शेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृति माग गर्दा खरिदकर्ताले प्रहरी प्रतिवेदन पेश गर्नुपर्नेछ ।एक प्रतिशत भन्दा बढी शेयर हुने शेयरधनी कम्पनीको दायित्वप्रति निष्ठा हुनुपर्ने भन्दै उक्त व्यवस्था गरिएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
प्राधिकरणका अनुसार शेयर कारोबारको हकमा एक प्रतिशतभन्दा बढीको संस्थापक शेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृति माग गर्दा खरीदकर्ताको प्रहरी प्रतिवेदन पेश गनुपर्ने निर्देशनमा उल्लेख रहेको छ ।
त्यस्तै, समितिले बीमा कम्पनीहरुका संचालक तथा कार्यकारी प्रमुखको नियुक्त सम्बन्धी उपयुक्त परिक्षण निजको अपराधिक पुष्ठभूमिबारे जानकारी लिन प्रहरी प्रतिवेदन अनिवार्य लिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।














