ग्लोबल आइएमई बैंकको बार्षिक साधारणसभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

२३ मंसिर २०७९, शुक्रबार १२:५८

काठमाडौं । ग्लोबल आइएमई बैंकको १६ औ बार्षिकसाधारणसभा सम्पन्न भएको छ । आज सम्पन्न साधारण सभाले १३.६ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको छ । उक्त रकमको आधारमा सेयरधनीले करिब २ अर्ब ५२ करोड रुपैयाँ बराबको नगद लाभांश र ७१ करोड ३८ लाख रुपैयाँ बोनस सेयर पाउने छन् ।

२३ अर्ब ७९ करोड रहेको बैंकको चुक्ता पुँजी बोनस सेयरपश्चात २४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । बैंकले आर्थिक वर्ष २०७८÷७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*