ग्लोबल आईएमई बैंकका सिईओ रत्नराज बज्राचार्यले कति बुझे तलब भत्ता ? संचालकको भत्ता बढ्यो

काठमाडौं । नेपालकै सर्वाधिक कारोबार गर्ने ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले २ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् ।बैंकले प्रकाशित गरेको १६ औं वार्षिक प्रतिवेदन अनुसार बज्राचार्यले तलब भत्ता र सेवा सुविधा बापत् आव २०७८।७९ मा १ करोड ९७ लाख १८ हजार ३ सय ३४ रुपैयाँ बुझेका छन् भने सोही वर्ष उनको सञ्चयकोषमा ७ लाख ५९ हजार ६ सय रुपैयाँ जम्मा भएको छ ।
बज्राचार्यले बैंकबाट बज्राचार्यले १ वर्षमा २ करोड ४ लाख ७७ हजार ९ सय ३४ रुपैयाँ पारिश्रमिक बुझेका छन् । वार्षिक प्रतिवेदन अनुसार बैंकले अघिल्लो वर्ष बैंकले प्रमुख कार्यकारी अधिकृतलाई १ करोड ३२ लाख ४५ हजार रुपैयाँ तलब तथा भत्ता र ७ लाख ३३ हजार २ सय सञ्चय कोष गरी कुल १ करोड ३८ लाख ७८ हजार २सय रुपैयाँ बुझेका थिए ।
बैंकले सञ्चालकहरुको शुल्क र खर्च स्वरुप गत आवमा ४९ लाख ३४ हजार ९१ रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष भने सञ्चालकहरुको खर्च स्वरुप ५४ लाख ६ हजार ६६ रुपैयाँ खर्च भएको थियो ।












