सिवाइसी नेपाल लघुवित्तको शेयर कारोबार फुकुवा, आइतबारदेखि कारोबारमा आउने

२३ मंसिर २०७९, शुक्रबार १४:०१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले यी दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको थियो ।

संस्थाको मंसिर १९ गतेको पत्राअनुसार नेप्सेले सो संस्थाको आधारभूत शेयरधनी बाहेकको शेयरधनीको शेयर कारोबार आज देखि फुकुवा गरिदिएको हो । सो पश्चात अब संस्थाको शेयर आइतबारदेखि कारोबारमा आउनेछन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*