बैंक अफ काठमाण्डूको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

काठमाडौं । बैंक अफ काठमाण्डूको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सभा आज आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा सम्पन्न भएको हो ।
उक्त सभाले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयर र १४.९५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २०.९५ प्रतिशत लाभांश पारित गरेको छ ।
यसका अलावा सभाले ग्लोबल आइएमई बैंकसँगको सम्पूर्ण मर्जर प्रक्रिया समेत पारित गरेको छ । बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी मूल्यांकनकर्ताको सिफारिस गरेको शेयर स्वाप रेसियो १ः१ मा रहि मर्जरसम्बन्धी विषयमा संचालक समितिबाट भएका निर्णयहरु सम्बन्धमा सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ ।












