राष्ट्र बैंकद्धारा सम्पत्ति शुद्धिकरण निवारण सुपरीवेक्षण विभाग गठन

काठमाडौं। नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण निवार सुपरीवेक्षण विभाग गठन गरेको छ । पुस एक गतेदखि सञ्चालनमा आउने गरी सम्पत्ति शुद्धिकरण निवारण विभाग गठन गरेको हो ।
केन्द्रीय बैंकले सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निरुत्साहित गर्ने कम गर्न विशिष्टीकृत विभाग गठन गरेको हो । सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी काम वित्तीय जानकारी इकाई मार्फत गर्दै आएको केन्द्रीय बैंकले त्यसको सुपरीवेक्षकका लागि छुट्टै विभाग खडा गरेको छ ।
हाल राष्ट्र बैंकमा अनुसन्धान, बैंक वित्तीय संस्था नियमन, विदेशी विनिमय व्यवस्थापन, मुद्रा व्यवस्थापन, वित्तिय व्यवस्थापन, जनशक्ति व्यवस्थापन, आन्तरिक लेखापरीक्षण, सम्पत्ति तथा सेवा व्यवस्थापन, मौद्रिक व्यवस्थापन, लघुवित्त वित्तीय संस्था सुपरीवेक्षण, बैंक सुपरीवेक्षण, कर्पोरेट प्लानिङ तथा जोखिम व्यवस्थापन, सुचना प्रविधि, भूक्तानी प्रणाली, गैर बैंकिङ संस्थाको सुपरीवेक्षण, वित्तीय संस्थाका सुपरीवेक्षण र बैंकिङ विभाग रहेका छन । त्यसैगरी विभाग सरह नै हुने गरी गभर्नर कार्यालय रहेको छ ।












