लाभांश वितरण नगर्ने लक्ष्मी बैंकको निर्णय
२५ मंसिर २०७९, आईतवार ११:२०

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । बैंकले गत आव २०७८।७९ बाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकको मंसिर २५ गते बिहान बसेको संचालक समितिको बैठकले आव २०७८।७९ बाट शेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको हो । साथै बैंकको लाभांश वितरण नगर्ने निर्णयप्रति नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृत भइसकेको बैंकले जनाएको छ ।













