सिवाइसी नेपाल लघुवित्तको शेयरमा सर्किट, कति पुग्यो शेयरमूल्य ?
२५ मंसिर २०७९, आईतवार ११:२९

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै सिवाइसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । लामो समयसम्म रोक्का रहेको संस्थाको शेयर आजदेखि कारोबारमा आएको हो ।
शेयरबजार खुलेको केही समयमा नै संस्थाको शेयर १० प्रतिशत अर्थात् १६९ रुपैयाँ ८० पैसाले बढेर शेयरमूल्य १८६८ रुपैयाँ पुगेको छ । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लुघवित्तबीच मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले सिवाइसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का राखेको थियो ।













