एनएमबि लघुवित्तको निमित्त सिइओको जिम्मेवारी बिरु राम जैशीलाई

२५ मंसिर २०७९, आईतवार १५:२५

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सिइओ)को जिम्मेवारी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बिरु राम जैशीलाई दिइएको छ ।

संस्थाका सिइओ पदमा रहेका आनन्द पाण्डे मंसिर २५ गतेदेखि आगामी पुष १ गतेसम्मका लागि बिदामा रहेको हुँदा संस्थाले जैशीलाई ६ दिनको लागि निमित्त सिइओको जिम्मेवारी दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*