लघुवित्त बैंकर्स संघद्धारा लघुवित्त विरुद्धमा भएका गैरकानूनी गतिविधिका विवरण पेश गर्न अनुरोध

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्त संस्थाहरु विरुद्धमा भएका गैर कानुनी गतिविधिहरुका विवरण उपलब्ध गराउन लघुवित्तहरुलाई अनुरोध गरेको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय लघुवित्त संस्थाहरुविरुद्ध विभिन्न संघर्ष समिति गठन भएको कुरालाई मध्यनजर गर्दै सो कार्यमा क–कसको संलग्ना रहेको छ र लघुवित्त संस्थाहरु विरुद्धमा भएका त्यस्ता गैरकानूनी गतिविधिहरुको विवरण संघमा उपलब्ध गराउन भनेको हो ।
संघले पछिल्लो समयमा लघुवित्त संस्थाहरुले आफ्नो नियमित कार्यक्रम संचालन गर्ने क्रममा कथित संघर्ष समितिको नाममा केन्द्र बैठक संचालमा अवरोध गर्ने, संकलन गरिएको रकम जफत गर्ने, सोझासाझा सदस्यलाई अनावश्यक निर्घात हातपात कुटपिट गर्नुका साथै ज्यान मार्ने समेत धम्की दिने लगाएतको कार्यले समग्र वित्तीय संस्थाको नियमित कार्यक्रममा असर परेको जनाउँदै सो विरुद्ध कदम चालेको जनाएको हो ।













