लाभांश प्रस्तावसहित एभरेष्ट बैंकको साधारण सभा आज बस्दै

२६ मंसिर २०७९, सोमबार ०९:२८

काठमाडौं । लाभांश प्रस्तावसहित एभरेष्ट बैंकको वार्षिक साधारण सभा आज बस्दैछ । साधारण सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७।६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै, अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । बैंकले हालै साधारण सेयरमा परिणत गरेको ७ प्रतिशत अग्राधिकार सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते नै बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर १२ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*