सनराइज बैंकद्धारा लाभांश नबाड्ने निर्णय, लाखौं शेयरधनीको हात रित्तै

२६ मंसिर २०७९, सोमबार १०:०१

काठमाडौं । सनराइज बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आवको मु्नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

बैंकको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर र नगद लाभांश नबाड्ने निर्णय गरेको हो ।

साथै आव २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभामा अनुमोदनको लागि पेश गर्ने निर्णय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*