नेपाल राष्ट्र बैंकद्धारा सेञ्चुरी कमर्सियल बैंकको लाभांश स्वीकृत, डाक्यो साधारण सभा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले सभा पुष १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजे बस्ने निर्णय गरेको हो ।
बैंकले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजी ९ अर्ब ५५ करोड रुपैयाँको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको जनाएको छ । साथै सोही प्रस्तावित लाभांश सो साधारण सभाबाट पारित गरिनेछ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुष ३ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष २ गतेसम्म भएका कारोबारहरु सो को ७ दिनभित्र बैंकको शेयर रजिष्ट्रार सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड, काठमाडौंमा प्राप्त भइसक्नुपर्नेछ ।












