बम्पर लाभांश घोषणासँगै नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२६ मंसिर २०७९, सोमबार १५:०६

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से सूचक १६.९७ अंकले बढेर १९०२ विन्दुमा कायम भएको छ ।
शेयरबजार बढेसँगै आज कारोबार एक अर्ब ३६ करोड रुपैयाँ माथिको भएको छ । सर्वाधिक नबिल बैंकको २१ करोड ३२ लाख ४१ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।
नबिल बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै आज लगानीकर्ताहरुमा बैंकमा झुम्मिएका हुन् ।
त्यस्तै, कुमारी बैंकको प्रोमोटर शेयर १० करोड ९८ लाख, शिवम् सिमेन्ट्सको ६ करोड २१ लाख, आशा लघुवित्तको प्रोमोटर शेयर ५ करोड ९३ लाख र हिमालयन डिष्टिलरीको ४ करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













