एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत १० लाख रुपैयाँ भुक्तानी

२३ फाल्गुन २०७९, मंगलवार १६:०८

काठमाडौं । एनआईसी एशिया बैंकले १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमा वापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले हालसम्म २०७९ जना ग्राहकहरुलाई बीमा दाबी गरे वापतको ७ करोड ८८ लाख रुपैयाँ भन्दा बढी रकम प्रदान गरिसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २७ जनाले २ करोड ९० लाख, दुर्घटना बीमा वापत १३ जनाले १ करोड ३० लाख र मेडिकल बीमा वापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख रुपैयाँ बीमा रकम प्राप्त गरि सकेका छन् । बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*