महिला लघुवित्तका सिइओ कृष्ण प्रसाद न्यौपानेले कति बुझे तलब भत्ता ?

२४ फाल्गुन २०७९, बुधबार १३:३५

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आइतवारका दिन आगन्तुक रिसोर्ट भ्युटावर मार्ग, धुलिखेल, काभे्रमा सम्पन्न भएको हो ।

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७।५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २।५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

सभाले पारित प्रतिवेदनअनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण प्रसाद न्यौपानले १६ लाख ८४ हजार ४ सय रुपैयाँ वार्षिक तलब भत्ता बुझेका छन् । कम्पनीमा उनको २ हजार ९ सय ५० कित्ता शेयर लगानी रहेको छ । त्यस्तै, कम्पनीका पदाधिकारी बल बहादुर रानाको १ हजार ४ सय ७५ कित्ता शेयर लगानी रहेको छ ।

साथै, सञ्चालकहरुले बैंठक भत्ता वापत कुल ४ लाख ३५ हजार ५ सय रुपैयाँ भुक्तानी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*