चैत्र १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गर्दै बैकर्स संघ, आजै बैठक बस्दै
२५ फाल्गुन २०७९, बिहीबार ०९:०९

काठमाडौं । आम सर्वसाधारण चर्को ब्याजदरको मारमा परेर रिपेमेन्ट क्यापासिटी ह्रास हुँदै गएपछि ब्याजदर घटाउने तयारीमा बैंकर्स संघ अघि बढेको छ । स्रोतका अनुसार आगामी चैत्र १ गतेदेखि ऋणको ब्याजदर घटाउने अनौपचारिक सहमति भइसकेको छ । सम्भवतः आज बस्ने बैकर्स संघको बैठकले ब्याजदर घटाउने निर्णय गर्नेछ ।
बैंकहरुको चर्को ब्याजदरको विरुद्धमा देशैभरि सडकमा प्रदर्शन र आन्दोलनहरु भइरहेको छ भने मानिसनहरुले धमाधम आत्महत्या गर्न थालेपछि बैंकहरुमाथि ब्याजदर घटाउन चर्को दवाव छ । अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्याहरुको विषयमा सरोकारवालाहरुसँग लगातार छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डको चासोका बीचमा बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गर्न लागेको हो ।











