नेप्सेमा हिमालयन बैंकको ७ करोड ६५ लाख कित्ता शेयर सूचीकृत
२५ फाल्गुन २०७९, बिहीबार ११:१०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ । साविक सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात् कायम हुन आएको शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
हिमालयन बैंकले साविक सिभिल बैंकलाई १ः०.८०२८ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरको कुल ७ करोड ६५ लाख ३ हजार ९१८ कित्ता शेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त शेयर आइतबारदेखि नै कारोबारमा आउनेछ ।













