राष्ट्र बैंकको रिपोर्ट: यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठसहित)

२८ फाल्गुन २०७९, आईतवार १३:२३

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक बर्षको माघ महिनासम्मको रिर्पोट सार्वजनिक गरेको छ। राष्ट्र बैंकले आज सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ ।राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार यस अवधिसम्ममा आयात १९।९ प्रतिशतले, निर्यात २९।० प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले घटेको छ ।

यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.१ प्रतिशतले र अमेरिकी डलरमा १६.४ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब रुपैयाँले बचतमा रहेको छ ।

यसैगरी कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ८३ अर्ब रुपैयाँ र अमेरिकी डलरमा १० अर्ब ५० करोड रहेको छ भने संघीय सरकारको खर्च ६ खर्ब ६७ अर्ब रुपैयाँ र राजस्व परिचालन ५ खर्बए १४ अर्ब रुपैयाँ रहेको छ ।

त्यस्तैगरि राष्ट्र बैकले प्रकाशन गरेको रिर्पोट अनुसार विस्तृत मुद्राप्रदाय ४.७ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ८.८ प्रतिशतले बढेको
छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.० प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.२ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर३.९ प्रतिशत रहेकोछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*