ग्लोबल आइएमई लघुवित्तद्वारा १० लाख २५ हजार रुपैयाँको बीमा भुक्तानी

२८ फाल्गुन २०७९, आईतवार १४:५६

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय डेढगाउँ नवलपुरले ऋणी सदस्यको मृत्यु भएकोमा १० लाख २५ हजार रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

बौदिकाली गाउँपालिका–२ की सदस्य केशरी दरैको गाडी दुर्घटनामा परी निधन भएकोमा संस्थाको ऋणी बीमा कार्यक्रममार्फत १० लाख २५ हजार रुपैयाँँ मृतकका पति खेमचन्द्र दरैलाई प्रदान गरेको हो । वित्तीय संस्थाले बीमा रकम भुक्तानी कार्यक्रम आयोजना गरी वडाअध्यक्ष श्यामसुन्दर श्रेष्ठको हातबाट उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको शाखा प्रबन्धक अनिश पोख्रेलले जानकारी दिए । कार्यक्रममा समूह सदस्य, अभिभावक, स्थानीय जनप्रतिनिधिलगायतका २५ जनाको सहभागिता थियो ।

संस्थाले वित्तीय कारोबारका साथै बीमा, सीपमूलक तालिम कार्यक्रम, ग्राहक संरक्षण कार्यक्रम तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विबिध कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थाका हाल १ लाख ५० हजारभन्दा बढी ग्राहक सदस्य छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*