डिप्रोक्स लघुवित्तका सिइओ शेषरमण आचार्यले कति बुझे तलव भत्ता ?
३० फाल्गुन २०७९, मंगलवार १६:५३

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तले २१औं साधारण सभा फागुन ३० गते मंगलबार होटल सेभेन स्टार प्रा.लि. सौराहा, चितवनमा सम्पन्न भएको हो ।
सभाले पारित प्रतिवेदन अनुुसार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले ४८ लाख १३ हजार ८ सय ७७ रुपैयाँ तलव भत्ता बुझेका छन् । उनले तलव भत्ता र संचयकोषबाट ३३ लाख ९० हजार, प्रचलित व्यवस्था अनुसारको दशै सूविधाबाट २ लाख ६० हजार, औषधि उपचार खर्चबाट २ लाख २५ हजार र अन्य (बोनश, पोशाक र बिदा) बापत ९ लाख ३८ हजार ८ सय ७७ रुपैयाँ भुक्तानी गरेको छ ।
साथै, सभाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ११.०५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।












