लघुवित्तको शेयर मूल्यमा गिरावट
१ चैत्र २०७९, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज शेयर बजार १४।४४ अंकले घटेर १९३८।६२ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार दोहोरो अंकले घटेसँगै किसान लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी घटेको छ । आज किसान लघुवित्तको शेयर मूल्य ५।९० प्रतिशतले घटेको छ ।
त्यस्तै, बाराहि हाइड्रोपावर, स्वरोजगार लघुवित्त, फस्ट माइक्रोफाइनान्स लघुवित्त, ग्लोलव आइएमई लघुवित्त लगायत अन्य कम्पनीको शेयर मूल्य घटेको छ ।













