कुमारी बैंकको मुद्दति निक्षेपकर्ताले १ करोड सम्मको जीवन बीमा सुबिधा पाउने

१ चैत्र २०७९, बुधबार १५:२४

काठमाडौं ।  कुमारी बैंकले जीवन बीमा सुविधासहितकोे थप मुद्दति निक्षेप योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकको मुद्दति रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमामार्फत जोखिम व्यवस्थापन गर्ने अवसर पाउनेछन् ।

जीवन बीमा सुविधासहितकोे मुद्दति निक्षेप योजना सार्वजनिक गरेको बैंकले कुमारी जीवन बीमा २ प्रतिशत मुद्दति खाता प्लसमा ६ वर्ष ८ महिना ९ दिनमा मुद्दति रकम दुईगुणा हुने व्यवस्था गरेको छ। यो योजनाअन्तर्गत बैंकले मुद्दति रकम बराबरको अवधिक जीवन बीमा सुविधाबापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्नेछ।

यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्यूनतम ५० हजार रुपैयाँदेखिको मुद्दति खाता खोल्न सक्नेछन्। सो योजनाअन्तर्गत मुद्दति निक्षेपकर्ताले अधिकतम १ करोड रुपैयाँसम्मको जीवन बीमा सुबिधा प्राप्त गर्न सक्नेछन्।

ग्राहकले निक्षेप अवधिसम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोही अवधिमा मुद्दति रकम दुईगुणा वृद्धि हुनेछ। यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। मुद्दति निक्षेप तथा जीवन बीमा दुवै सुरक्षित आर्थिक भविष्यको महत्वपूर्ण साधनका रुपमा मानिँदै आएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*