कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

२ चैत्र २०७९, बिहीबार १५:०९

काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप प्रकारअन्तर्गत आफ्नो बचत ब्याजदर २।७५ देखि ८ प्रतिशतसम्म कायम गरेको छ ।मुद्दती निक्षेपमा बैंकले संस्थागत ग्राहकका लागि ६ महिनादेखि ५ वर्षसम्म वार्षिक ९ प्रतिशत ब्याजदर तोकेको छ । बिडिङका लागि सोही समय सीमाको लागि वार्षिक ९।५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ।

व्यक्तिगत सामान्य मुद्दती निक्षेप खाताहरूमा विभिन्न मुद्दती निक्षेप खाताहरूमा ३ महिनासम्म ५ वर्षको लागि वार्षिक ११ प्रतिशतको ब्याजदर छ ।

ऋणको सन्दर्भमा, आधार दरहरूमा प्रिमियम दरहरू प्रीमियम र ओभरड्राफ्ट ऋणहरूको लागि २५ देखि ५ ५ सम्मको कायम गरिएको छ। बैंकको आधारभूत ब्याजदर २०७९ पुस मसान्तसम्म ११।०६ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*