युबीएसले संकटग्रस्त बैंक क्रेडिट सुइसको सम्पूर्ण अंश किन्न वार्ताको अन्तिम चरणमा

५ चैत्र २०७९, आईतवार १५:०२

काठमाडौं । स्विट्जरल्याण्डको संकटग्रस्त बैंक क्रेडिट सुइसको सम्पूर्ण वा केही अंश स्विट्जरल्याण्डको सबैभन्दा ठूलो बैंक युबीएसले किन्ने भएको छ । संकटग्रस्त अवस्थामा रहेको बैंक क्रेडिट सुइसको सम्पूर्ण अंक किन्न वार्ताको अन्तिम चरणमा रहेको युबीएसले बताएको छ ।

क्रेडिट सुइस बैंकले आफ्नो आर्थिक अवस्थाबारे जानकारी दिँदै आफ्नो वित्तीय खातामा ‘गम्भीर त्रुटि’ भएको थाहा पाएको बताएको थियो । यससँगै बैंकको शेयरमा भारि गिरावट समेत आएको थियो ।

यूबीएसले बैंक क्रेडिट सुइस खरिद गरेमा स्विट्जरल्याण्ड सरकारले नै ६ अर्ब डलरको मूल्य तिर्नुपर्ने माग गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*