डिप्रोक्स लघुवित्तको लाभांश शेयरधनीको खातामा जम्मा
७ चैत्र २०७९, मंगलवार ११:००

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ ।
लघुवित्तको फागुन ३० गते सम्पन्न २१औं वार्षिक साधराण सभाबाट पारित भएको ११.०५२५ प्रतिशत नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाएको हो ।
हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगरेका शेयरधनीहरुको हकमा आफुले हितग्राही खाता खोलेको निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आइपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराई सो लाभांश प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।












