नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन
९ चैत्र २०७९, बिहीबार १६:१९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । जनउत्थान सामुदायिक लुघवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्से सो कम्पनीको मूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम संस्थाको शेयरमूल्य १०९० रुपैयाँका आधारमा नेप्सेले १५% बोनस शेयर वितरणपछिको शेयरमूल्य ९४७ रुपैयाँ ८३ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा आइतबार संस्थाको कारोबार खुल्नेछ ।












