सिद्धार्थ बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा

१२ चैत्र २०७९, आईतवार ०९:५६

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको पुष २८ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको १२.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई शेयरधनीहरुको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।

बैंकले साधारण सभा प्रयोजनका लागि बुक्लोज मितिको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा चैत ६ गतेदेखि लाभांश जम्मा गर्न सुरु गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*