नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

१२ चैत्र २०७९, आईतवार १०:०४

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

संस्थाको चैत ९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ५० प्रतिशत बोनस शेयर र २३.६८४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ७३.६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*