महालक्ष्मी विकास बैंकले ल्यायो आवास र व्यवसायिक कर्जा योजना, सुलभ ब्याजदरमै कर्जा पाइने

१९ चैत्र २०७९, आईतवार १६:४३

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ बर्षको अवसर पारेर सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुक ग्राहकहरुलाई आवास कर्जा र उद्यम गर्न इच्छुक ग्राहकहरुलाई व्यवसायिक कर्जा अन्तर्गत सुलभ व्याजदरमा कर्जा योजना ल्याएको हो ।

बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि १२.९९ प्रतिशतको आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै नयाँ बर्षको अवसरमा कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने छ । महिला सशक्तिकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गर्ने र उक्त छुट सुविधा सिमित समय अवधिका लागि रहेको जनाएको छ ।

आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बंैकले जनाएको छ ।

व्यवसायिक कर्जा योजना अन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने तथा सेवा शुल्कमा छुट जस्ता सुविधाहरु बंैकले प्रदान गर्ने छ । हाल विद्यमान तरलता अभाव तथा बढ्दो ब्याजदरका बिच पनि बैंकले सुलभ ब्याजदरमा सरलिकृत तवरले कर्जा प्रवाह गरिरहेको छ ।
घर खरिद गर्न अथवा घर निर्माण गर्न र स्वदेशमै उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा आकर्षक ब्याजदरमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*