नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

१९ चैत्र २०७९, आईतवार १६:५३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । किसान लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम ६५५ रुपैयाँका आधारमा नेप्सेले ७ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ६१२ रुपैयाँ १५ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि शेयरबजारमा कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*