स्थिर सम्पत्ति लिलाम गर्दै हिमालयन बैंक
२१ चैत्र २०७९, मंगलवार १०:२८

काठमाडौं । हिमालयन बैंक लिमिटेडले स्थिर सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले शाखा कार्यालय सुन्धारा (साविक सिभिल बैंक लिमिटेडको प्रधान कार्यालय) मा रहेको लिजहोल्ड तथा फर्निचर फिक्स्चर लगायतको सम्पत्तिहरु लिलाम गर्न लागेको हो ।
उक्त सम्पत्तिहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा घरधनीको मञ्जुरी।सहमतिमा घर बहालमा लिइ उल्लेखित स्थान बहालमा लिई उक्त सम्पत्तिहरु खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था, व्यक्ति, कम्पनी वा फर्महरुले १५ दिनभित्र बैंकको कमलादी स्थित प्रधान कार्यालयमा कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र प्रस्ताव पेश गर्न सक्नेछन् ।












