शेयरबजारमा सामान्य अंकको गिरावट, सात उपसूचकमा छायो हरियाली

२१ चैत्र २०७९, मंगलवार १५:०९

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ६ अंकले घटेर १८६५ को विन्दुमा कायम हु्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता शेयर किनबेच हुँदा ९१ करोड ७६ लाख १० हजार रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ७ उपसूचकमा हरियाली छाएको छ भने ६ वटा उपसूचक राताम्य रहेका छन् । सर्वाधिक विकास बैंक उपसूचक ०.३१ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसूचक ०.८५ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*