नेप्सेमा महिला लघुवित्तको बोनस शेयर सूचीकृत

२१ चैत्र २०७९, मंगलवार १५:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । महिला लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट पारित भएको ४७.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

४७.५० प्रतिशत दरका कुल ७ लाख ६२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*