लघुवित्तका कर्मचारीको समस्या समाधानका लागि चन्द्रौटा लघुवित्त कर्मचारी मञ्च गठन, यस्तो बन्यो ८ जनाको कार्यसमिति

२३ चैत्र २०७९, बिहीबार १२:००

काठमाडौं । लघुवित्त संस्थाका कर्मचारीहरुको हकहित, फिल्डको समस्या समाधानका लागि चन्द्रौटा लघुवित्त कर्मचारी मन्च गठन भएको छ । चन्द्रौटा कपिलवस्तुमा स्वाभिमान लघुवित वित्तीय संस्था लिमिटेडको प्राङ्गणमा भेला भइ चन्द्रौटा लघुवित कर्मचारी मन्च गठन भएको हो ।

लघुवित कर्मचारीहरुको हकहित, फिल्डको समस्या समाधान गर्ने उद्देश्यले बुधबार २२ लघुवित्तका शाखा प्रमुखहरु भेला भई समिति गठन गरेका हुन् ।
उक्त कार्यक्रममा २२ लघुवित्तका शाखा प्रमुखहरुले पालैपाले गरेर आ–आफनो शाखामा भएका समस्याहरु प्रस्तुत गरेका थिए । उक्त भेलाले ९ सदस्य कार्यसमिति गठन गरेको छ ।

जसमा अध्यक्षमा स्वाभिमान लघुवित्त प्रेमनगर ब्रान्चका शाखा प्रमुख जमुना प्रसाद तेलि प्रेमनगर चयन भएका छन् । साथै उपाध्यक्ष आरम्भ चौतारी लघुवित्त खरेन्द्रपुर शाखाका शाखा प्रमुख ज्योति थारु, सचिवमा उन्नती सहकार्य लघुवित्त चन्द्रौटा शाखा प्रमुख शम्भु हरिजन, कोषाध्यक्षमा एनआाइसी एशिया लघुवित्त इमलिया शाखा प्रमुख सुजन खनाल रहेका छन् ।

साथै सदस्यमा सूर्योदय वोमी लघुवित्त चन्द्रौटा शाखा प्रमुख रामसुनेश चौधरी, नाडेप लघुवित्त शिवपुर शाखा प्रमुख प्रभात अर्याल, मनकामना स्मार्ट लघुवित्त गुरुसिङ्गे शाखा प्रमुख मेनुका श्रेष्ठ र सिभिल लघुवित्त शाखा प्रमुख संतोष कुमार हरिजन लगायतका शाखा प्रमुखहरु मिलेर समिति गठन गरेका छन् ।

साथै चन्द्रौटा लघुवित कर्मचारी मन्च गठनपश्चात् बैशाख ८ गते तौलिहवा कपिलवस्तुमा जिल्ला भेला समेत गर्ने संगठनका अध्यक्ष जमुना प्रसाद तेलिले बताए ।

उक्त कार्यक्रममा स्वाभिमान लघुवित्त, समीट लघुवित्त, आरम्भ चौतारी लघुवित्त, मिर्मिरे लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, सिभिल लघुवित्त, उन्नती सहकार्य लघुवित्त, नाडेप लघुवित्त, एनआइसी एशिया लघुवित्त, सूर्योदय वोमी लघुवित्त, एनएमवि लघुवित्त, नयाँ सारथी लघुवित्त, महिला लघुवित्त, उपकार लघुवित्त, गणपति लघुवित्त, डिप्रोक्स लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तका २२ वटा शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*