कृषि विकास बैंकद्वारा एक कर्मचारीलाई बैकिङ्ग सेवाबाट हटाइयो

२४ चैत्र २०७९, शुक्रबार १०:१६

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना एक कर्मचारीलाई बैंकको सेवाबाट हटाउने निर्णय गरेको छ । बैंकले शाखा कार्यालय मुसीकोटको लेखपाल पदमा कार्यरत अन्वेषण वि.सी.लाई बैंकको सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको हो ।

रुकुम जिल्ला मुसिकोट नगरपालिका वडा नं. १ स्थायी ठेगाना भई कृषि विकास बैंकको शाखा कार्यालय मुसीकोट, रुकुममा लेखपाल पदमा कार्यरत वि.सी.गत असोज ४ गतेदेखि आफु कार्यरत कार्यालयमा अनुपस्थित रहेको र असोज २९ गते उपचारको क्रममा रहकाले तिहारपछि कार्यालयमा हाजिर हुने जानकारी गराएकोमा सोपश्चात पनि निज कार्यालयमा उपस्थित नभएका कारण बैंकले सेवाबाट हटाएको जनाएको छ ।

साथै निजले औषधोपचार गराएको प्रमाणित गर्ने कुनै कागजातहरु पेश नगरेको तथा विदा स्वीकृत नगराई कार्यालयको काममा बाधा पुग्ने गरी अनुपस्थित रहेको देखिएको हुँदा १५ दिनभित्र अनुपस्थित हुनुको कारण पेश गर्न समेत अनुरोध गर्दा निजले कुनै खालको कागजपत्र पेश नगरेका कारण बैंकले उक्त कदम चालेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*