सामुदायिक लघुवित्तको लाभांश संशोधन, बोनस शेयर घट्यो

२६ चैत्र २०७९, आईतवार १०:२०

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो ।

संस्थाको चैत ९ गते बसेको संचालक समितिको आव २०७८।७९ को मुनाफाबाट २१.०५२६ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरिएकोमा केन्द्रीय बैंकले फागुन १० गते जारी गरेको निर्देशनको अधिनमा रही संचालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भएपश्चात् संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

Information to Nepse-dividend

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*