नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२६ चैत्र २०७९, आईतवार १५:०३

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा भारी गिरावट आएको छ । नेप्से सूचक आज २८.३१ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से घटेसँगै केही दिनयता शेयरबजारमा कारोबार रकम समेत खुम्चिदै गइरहेको छ । आज धितोपत्र दोस्रो बजारमा जम्मा एक अर्ब १५ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सर्वाधिक नबिल बैंकको ५ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ५ करोड ७५ लाख, हिमालयन डिष्टिलरीको ३ करोड ४७ लाख, ग्लोबल आइएमई बैंकको ३ करोड २६ लाख र ग्लोबल आइएमई बैंकको प्रोमोटर शेयरको २ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ।













