आरएसडीसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी भुपेन्द्र ज्ञवालीले आफ्नो नाममा रहेको ४ हजार ४९० कित्ता शेयर बिक्री गर्न लागेको हो ।
यसअघि संस्थाले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई बिक्री गर्नको लागि ३५ दिने सूचना जारी गर्दा सो समयभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा संस्थाले पुनः ७ दिने सूचना प्रकाशित गर्दै अन्य ब्यक्ति, संस्था तथा विद्यमान संस्थापक शेयरधनीहरुलाई नै बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने अन्य कोही व्यक्ति तथा संस्था, कम्पनीहरुले सात दिनभित्र संस्थाको शेयर रजिष्ट्रार बिओके क्यापिटल, नारायणचौर नक्साल काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।












