एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नबाँड्ने
२८ चैत्र २०७९, मंगलवार १०:२४

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको मुनाफाबाट कुनै पनि लाभांश नबाँड्ने भएको छ । कम्पनीको चैत्र २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले आ.व.२०७८।०७९ को खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण स्वीकृतार्थ नेपाल राष्ट्र वैंकमा अनुरोध गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभाको बाटो खुल्ने छ ।












