राष्ट्र बैंकले लघुवित्त संस्थामा हाल देखिएको समस्याहरुको बिषयमा अध्ययन गर्ने

२८ चैत्र २०७९, मंगलवार १३:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थामा हाल देखिएको समस्याहरुको बिषयमा अध्ययन गर्ने भएको छ। केन्द्रिय बैंकले समस्यालाई हेरी समाधानका लागि अध्ययन गर्ने भएको हो ।राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सञ्चालक समितिको निर्णयबमोजिम लघुवित्त संस्थाको वर्तमान समस्या र समाधानका लागि अध्ययन सुरु गरेको हो।

बैंकले आउँदो वैशाख २० गतेभित्र लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधान गर्न चाल्नु पर्ने कदमहरुका बारेमा सुझाव पेश गर्न आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*