सिन्धु विकास बैंकबाट एनआईबिएल सहभागिता फन्डका इकाइहरु किन–बेच गर्न सकिने

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल सहभागिता फन्डका इकाइहरु सिन्धु विकास बैंकबाट पनि कारोबार गर्न सकिने भएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक कोष प्रवर्द्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्था रहेका यो म्युचुअल फन्डका इकाइहरु सिन्धु विकास बैंकबाट किन–बेच गर्न सकिने भएको छ ।
उक्त खुलामुखी योजनाका इकाइहरुको खरिद–बिक्री सहज ढंग गराउनका लागि सिन्धु विकास बैंकलाई वितरक (एजेन्ट)का रुपमा नियुक्त गरिएको एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
योजनाको वितरक (एजेन्ट) का रुपमा नियुक्त गर्ने सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र सिन्धु विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेका छन् ।











