मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढ्दै छ, सानातिना धक्काले असर गर्दैनः गर्भनर अधिकारी

२८ चैत्र २०७९, मंगलवार १४:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधारतर्फत अघि बढ्दै गईरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उले यस्तो बताएका हुन् । उनले कार्यक्रममा बलियो बन्दै गएको भन्दै सानातिना धक्काले असर नगर्ने बताए ।

राष्ट्र बैंकको नियामकीय प्रावधान र विभिन्न रिजर्बले गर्दा बैंक वित्तीय संस्था बलिया छन्, त्यसैले हामीले अहिले चिन्ता गर्नु पर्ने अवस्था आइ नहालेको उनले बताए ।खस्कँदो अर्थतन्त्र सुधारउन्मुख रहेको भन्दै उनले दाबी गरेका हुन्। वर्तमान आर्थिक र वित्तीय स्थितिबारे राष्ट्र बैंकका गर्भनर अधिकारीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
‘समग्रमा हाम्रो वित्तीय संस्थाहरू सुरक्षित छन्। साउन्ड छ। र, सानोतिनो धक्काले कहीँकतै अप्ठ्यारो पर्ने अवस्था हामी देख्दैनौँ,’ अधिकारीले भने, ‘हाम्रो बजार अभ्यास र नियमाक निकायको महत्वपूर्ण योगदान रहेको छ।

तथा वित्तीय संस्थाको पुँजी प्रयाप्तता हामीले नियमाकिय हिसाबले तोकेको न्यूनतम आवश्यक अनुपात भन्दा बढी नै रहेको छ।’
चालू आर्थिक वर्षको फागुनसम्ममा गत वर्षको फागुनमा भन्दा महँगी ७.९३ प्रतिशत विन्दुले बढेको राष्ट्र बैंकले जनाएको छ ।कार्यक्रममा अन्य वित्तिय अर्थतन्त्र सूचक प्रस्तुत गर्दै मंहगी घट्दै गएको जानकारी दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*