नयाँ मोडालिटी नआउन्जेलसम्म लघुवित्तको लाभांशमा कडाई गरेका हौं, त्यसपछि खुकुलो हुन्छ: गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तको हितको लागि नै लाभांशमा कडाई गरेको बताएका छन्।काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै गभर्नर अधिकारीले कतिपय लघुवित्तको अवस्था मर्जर रहेको र भोलिका दिनमा नडुबुन् भन्ने उद्देश्यले १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न नदिइएको बताए ।
गर्भनर अधिकारीले लघुवित्त कम्पनीलाई बलियो बनाएर मात्रै पुन लाभांश खुकुलो हुन सक्ने उनले कार्यक्रममा संकेत गरे ।‘हामीले लाभांश कम गराएकै हौँ, आज भएभरको नाफा लैजाने र भोलि त्यही संस्था कोल्याप्स भए के गर्ने रु’, प्रश्न गर्दै गभर्नर अधिकारीले भने, ‘लघुवित्तको समस्या समाधानका लागि हाई लेभलको कमिटी बनाएका छौँ, यो क्षेत्रमा एक्सटेन्सिभ सुधार गर्नुपर्नेछ।’
गभर्नर अधिकारीले लघुवित्तहरु सञ्चालन नयाँ मोडालिटी नआउन्जेलसम्म लाभांशमा गरिएको कडाइ जारी रहने बताए। ‘नयाँ मोडालिटी नआउन्जेलसम्म टिक्नुपर्छ, त्यसपछि हामीले कडाइ गर्दैनौँ’, उनले भने।











