देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठ)
२८ चैत्र २०७९, मंगलवार १६:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले चालु आव २०७९।८० को आठ महिनाको तथ्याङ्क सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणअनुसार समिक्षा अवधिसम्म शोधानान्तर स्थिति १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा रहेको छ । त्यस्तै, फागुन मसान्तसम्ममा ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रेमिट्यान्स सो अवधिसम्म २५.३ प्रतिशतले वृद्धि भएको हो ।
Current Macroeconomic and Financial Situation -Nepali (Based on Eight Months data of 2079.80)











