ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, मुद्दती र संस्थागत कतिमा झर्यो ?
२९ चैत्र २०७९, बुधबार ११:४१

काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् । नेपाल बैंकर्स संघको बैठकले नयाँ वर्षदेखि ब्याजदर घटाउने निर्णय गरेको हो ।
नयाँ बर्षदेखि लागू हुने गरि वाणिज्य बैंकहरुले १।०१ प्रतिशतका दरले ब्याजदर घटाउने निर्णय गरेको हो ।बैठकले मुद्दती निक्षेपको ब्याजदर १।०१ प्रतिशतले घटाएर ९।९९ प्रतिशत कायम गर्ने निर्णय गरेको बैंकर्स संघले जनाएको छ ।
संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७।९९ प्रतिशत कायम भएको छ । त्यस्तै संघले साधारण बचतमा न्युनतम ५।४ प्रतिशत र अधिकतम ७।४ प्रतिशत ब्याज कायम गर्ने निर्णय गरेको छ ।











