ब्रोकरहरुलाई नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर यकिन गरी कारोबार गर्न नेप्सेको अनुरोध
२९ चैत्र २०७९, बुधबार १२:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर कारोबार सम्बन्धी धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुलाई सचेत गराएको छ ।
साविक नेपाल इन्भेष्टमेन्ट बैंक र साविक मेगा बैंक एकआपसमा मर्जर भएपश्चात् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट दोस्रो बजारमा कारोबार भइरहेको छ ।
साविक नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर ‘फ्रीली ट्रेडेबल र फ्रीली नन–ट्रेडेबल’ रहेकोमा हाल मर्जर पश्चात् दोस्रो बजारमार्फत संस्थापक शेयर ‘एनआइएमबीपीओ’ बिक्री गर्दा बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटलसँग यकिन गरि कारोबार गर्न ब्रोकरहरुलाई अनुरोध गरेको छ ।













