नेप्सेमा उछाल आएतापनि एभरेष्ट बैंकको शेयर मूल्य घट्यो, अन्य कुनले कति गुमाए ?
२९ चैत्र २०७९, बुधबार १५:०८

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा उछाल आएको छ । आज शेयर बजार ९२.२२ अंकले बढेर १९६३ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजारमा उछाल आएतापनि नेप्सेमा सूचिकृत ३ कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज एभरेष्ट बैंकको १।९९ प्रतिशत, सिभिल बैंकको डिभेन्चर २०८८ को १।१८ र एसबिएल डिभेन्चर २०८३ को ०।५५ प्रतिशतले शेयर मूल्य घटेको छ ।













